१ कार्तिक २०८३, शनिबार

मनमोहन स्मृति वडा स्तरीय नकआउट फुटबल १७ गतेदेखि

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

football_super_final– विकाश पराजुली
बुटवल, ४ जेठ । युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिको आयोजनामा जेठ १७ गते देखि १४ औं मनमोहन स्मृती वडा स्तरिय नकआउट फुटबल प्रतियोगिता –२०७३ हुने भएको छ ।

युवा संघ नेपाल बुटवल उपमहानगर कमिटिको छैठौ पुर्ण बैठकले जेठ १७ गते देखि प्रतियोगिता गर्ने निर्णय गरेको हो । प्रतियोगिता सम्पन्न गर्नका लागि गणेश थापा संयोजक, सुमन श्रेष्ठ सह– संयोजक रहेको विभिन्न उपसमतिहरु ग्णन गरिएको छ ।

कमिटिका अध्यक्ष धनसिंह खाम्चाको अध्यक्षतामा, युवा संघ नेपाल रुपन्देही अध्यक्ष दुर्गा तिवारीको प्रमुख आतिथ्यता, सचिव किसन कुमालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा युवा संघ जिल्ला सह सचिव कृष्ण थापा, जिल्ला सदस्य मनोज गौचन, युवा संघ नेपाल क्षेत्र नं. ४ अध्यक्ष केशव रोका लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

बुटवल ९ स्थित सिद्देश्वरी लाल कुमारी उच्च माविको खेल मैदानमा हुने प्रतियोगितामा १८ वटा टिमको सहभागिता हुने कमिटिका सह सचिव एवं प्रचार संयोजक विकाशजंग बस्नेतले जानकारी दिए । प्रतियोगितामा विजेताले नगद ४० हजार सहित शिल्ड, प्रमाण पत्र मेडल तथा उिपविजेताले नगद २० हजार सहित शिल्ड, प्रमाणपत्र, मेडल प्राप्त गर्नेछन् ।

प्रतियोगितामा उत्कृष्ट खेलाडि, उत्कृष्ट गोलरक्षक, सर्वाधिक गोलकर्ता लगाएतका विभिन्न विदामा खेलाडिहरुलाई पुरस्कृत गरिने बस्नेतले जानकारी दिए ।