नेपालगञ्ज, ४ जेठ । नेपाली कांग्रेसका महामन्त्री डा. शशाङ्क कोइरालाले मधेसी गठबन्धनको राजधानी केन्द्रित आन्दोलनलाई सरकारले वार्ताको माध्यमबाट सम्बोधन गर्नुपर्ने बताएका छन् ।
नेपालगञ्जमा आयोजित पत्रकार भेटघाटमा उनले भने, ‘राष्ट्र र जनताको पक्षमा मोर्चाको कुनै जायज माग छ भने त्यो पूरा हुनुपर्छ तर राजनीतिक अस्थिरताले प्रश्रय पाउने माग भने कुनै अवस्थामा पनि सम्बोधन गरिनु हुँदैन ।’ आफ्नो दल सरकार गिराउने खेलमा नलाग्ने स्पष्ट पार्दै कोइरालाले लोकतन्त्रको विधि र प्रक्रियाबाट सरकार गठन र पुनर्गठन हुनुपर्ने पनि बताए ।
पत्रकारद्वारा सोधिएको प्रश्नको जवाफमा उनले स्थानीय निकायको निर्वाचन राजनीतिक दलहरुसँगको सहमतिमा गर्नुपर्ने बताउँदै लोकतन्त्रमा जति धेरै निर्वाचन भयो त्यति नै लोकतन्त्र संस्थागत हुने बताए ।













प्रतिक्रिया