१ कार्तिक २०८३, आइतबार

वाणिज्यमन्त्री चन्दसँग दुई करोड नगद

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jayanta Chandकाठमाडौँ, ४ जेठ । वाणिज्यमन्त्री जयन्त चन्दका श्रीमती र छोरीका नाममा काठमाडौँ र ललितपुरमा गरी दुई रोपनी चार आना जग्गा रहेको छ ।

उहाँसँग सवारी साधनका नाममा एक मारुती सुजुकी कार रहेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाइएको सम्पत्ति विवरणमा जनाइएको छ ।

त्यस्तै सुन १०५ तोला, चाँदी एक हजार ५०० तोला र ४ थान हिराका साथै सिद्धार्थ, एभरेस्ट र हिमालयन बैँकमा रु एक करोड ९५ लाख ४९ हजार ३०५ मौज्दात तथा विभिन्न बैंंक तथा संस्थाका ६३६ कित्ता सेयर रहेको सम्पत्ति विवरणमा जनाइएको छ ।

उहाँका पिता लोकेन्द्रबहादुर चन्दका नाममा भने भक्तपुरको मध्यपुर थिमिमा एक रोपनी ११ आना दुई पैसामा बनेको घर रहेको उल्लेख छ । रासस