२५ कार्तिक २०८३, बुधबार

भैरहवाको फोहोर प्लास्टिक बटुल्दै अमेरिकी नागरिक, सघाउने लाई पाँच हजार दिँदै

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

jhuliyan 2

– प्रकाश न्यौपाने
भैरहवा, ४ जेठ । हिजो आज भैरहवाका बिभिन्न टोल, गल्ली र सडकमा एउटा बिदेशी नागरिक जथाभावी फयाँकिएका फोहोर प्लाष्टिक टिप्न ब्यस्त भएको देखिन्छ ।

उनी सडकमा फ्याकिएका फोहर प्लाष्टिक टिपिरहँदा भैरहवाबासीलाई उनी को हुन र किन फोहर प्लाष्टिक टिपिरहेका छन् भनेर निकै कौतुहलता जागिरहेको छ । सडक गल्लीमा फोहोर प्लाष्टिक टिप्ने ति बिदेशी नागरिक हुन जुलियान क्रिपाल । अमेरिकी नागरिक जुलियान बिगत एक महिना देखी भैरहवाका बिभिन्न टोल, गल्ली र सडकमा पुगेर जथाभाबी फ्याकिएका प्लाष्टिक टिपेर ब्यवस्थापन गर्न निकै ब्यस्त छन् । जथाभावी फोहोर फालेर नगर, गाउँ, टोललाई दुर्गन्धित बनाउने सबैका लागी उदाहरण बनेका छन्, जुलियान ।

जुलियानले टिपेका प्लाष्टिक जलाउँदैनन् उनी । ति फोहर खाल्डो खनेर गाडिदिन्छन् । स्वच्छ बातावरणको अभियान लिएर हिँडेका उनी नेपाल प्रकृतिले दिएको सुन्दर स्वर्ग जस्तै देश भएको आफूले पाएको बताउने जुलियान नेपाल निकै सुन्दर भए पनि जथाभावी फालिने फोहोरले कुरूप बन्दै गएकोमा चिन्तित छन् ।

jhuliyanजथाभाबी फालिने फोहोरले शहर बजार दुर्घन्धित हुने मात्र नभई बायु प्रदुषणले मानब सृष्टिलाई नै चुनौती दिईरहेकोले आफूले स्वच्छ बातावरण अभियान लिएर जनचेतना जगाउन टोल र घर—घरमा पुग्ने गरेको जुलियान बताउँछन् । फ्याकिएका प्लाष्टिक जलाउन नहुने बताउने उनी प्लाष्टिक जलाउँदा झनै प्रदुषण बढ्ने हुनाले त्यसलाई खाल्डो खनेर गाड्नुपर्ने तर्क दिन्छन् ।

उनी बिभिन्न बिद्यालय पुगेर बिद्यार्थीलाई समेत बढ्दो बायु प्रदुषण र यस बारेमा अपनाउनु पर्ने उपायका बारेमा समेत आफूसंग भएको अनुभब बाँड्छन् । आफूसंगै प्लाष्टिक टिप्न आउने र त्यसको ब्यबस्थापन गर्ने जो कोहीलाई सम्मान स्वरूप पांच हजार रूपैयाँ समेत प्रदान गर्ने जुलियान बताउँछन् । सुरूमा आउँदा भैरहवाका बिभिन्न होटलमा बस्दै आएका जुलियानको कामको प्रशंसा गर्दै सिद्धार्थनगर—९ गोलीगढका भोज बहादुर ओलीले निःशुल्क आफ्नै घरमा खान र बस्ने ब्यवस्था गरिदिएका छन् । जुलियानको यो अभियानको बिहान देखि सांझसम्म साथ दिएका छन् । ओलीका छोरा बिक्रम ओलीले । बिक्रम बिहान देखि सांझसम्म जुलियानसंगै साथ साथमा हुन्छन् ।

फोहोर मैला ब्यवस्थापन गर्न करोडौं रूपैयाँ खर्च गरिन्छ । तर त्यसको समुचित ब्यवस्थान नहुँदा नगर कुरूप बन्दै गएको बताउँदै सिद्धार्थनगर-९ आर्शिबाद पथ निवासी बद्री पौडेल अमेरिकी नागरिक भैरहवा आएर जथाभावि फ्याकिएका फोहोर ब्यवस्थापन गरेको अभियानलाई सबैले साथ र सहयोग गर्नुपर्ने बताउँछन् ।

जुलियान अमेरिकामा जन्मे हुर्के उमेर पुगेपछि स्वच्छ बातावरण अभियान लिएर भारत हुँदै अहिले नेपालमा छन् । धेरैलाई लाग्न सक्छ जुलियान अमेरिकी नागरिक हुन उनी क्रिश्यिन वा अन्य कुनै धर्म मान्दछन् । तर उनी भने कट्टर हिन्दु हुन् । उनले जनै लगाउँछन् । बिहान देउताको पुजा गर्छन्, टिका लगाउँछन् । यतिमात्र होईन गीता रामायणका श्लोक र मन्त्र सबै उच्चारण समेत गर्छन् ।

पशु पंक्षी बलिको घोर बिरोधी जुलियान कहिल्यै माछा मासु खाँदैनन् उनी जन्मजात शाकाहारी हुन भने रामदेब बाबाका भक्त । बिश्वभर बायु प्रदुषणका कारण मानब अस्तित्वनै संकटमा परेको बताउने जुलियान समयमै यसतर्फ ठोस कदम नचाले दोस्रो बिश्व युद्धभन्दा खतरनाक हुने चेतावनी समेत दिएका छन् ।