पोखरा, साउन २१ । पर्वत जिल्ला कारागारमा रहेका कैदी बन्दीबीच मंगलबार राति झडप हुँदा कम्तीमा ७ जना घाइते भएका छन् ।
जानकारी अनुसार झडपमा परी कैदीहरु रत्न न्यौपाने, अमृत न्यौपाने, आनन्द केसी, लिला पुन, ज्ञानबहादुर पाईजा, लिला गर्बुजा र बिक्रम सुबेदी घाइते भएका छन । घाइतेमध्ये आनन्द, लिला र रत्नको अवस्था गम्भिर भएपछि थप उपचारका लागि पोखरा ल्याईएको छ ।
कैदीका नाईके र चौकीदारले कारागारभित्रै मदिरापान गरेर हो हल्ला सुरु गरेपछि त्यसले झगडको रुप लिएको थियो । घटनाको छानविनका लागि सहायक प्रमुख जिल्ला अधिकारी चुडाराज भट्टराईको संयोजकत्वमा एक समिति गठन गरिएको छ ।
प्रहरी स्रोतका अनुसार कैदीका नाईके आनन्द केसी र चौकीदार ज्ञानबहादुर पाइजाबिचको व्यक्तिगत रिसईवीका कारण घटना भएको हो ।
















प्रतिक्रिया