८ कार्तिक २०८३, आइतबार

आइएससँग लड्न नेपाली सेना अफ्रिकी मुलुक लिबियामा खटिने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

nepal-army

काठमाडौं, ४ जेठ । संयुक्त राष्ट्र संघको अनुरोधपछि नेपाली सेनाले अफ्रिकी मुलुक लिवियामा शान्ति सैनिक पठाउने भएको छ ।

लिबिया खतरनाक आतंकवादी संगठन इश्लामिक स्टेट (आईएस)को दबदबा भएको क्षेत्र हो । इटालीले आफ्नो सेना पठाउन नमानेपछि राष्ट्रसंघले आईएसको आक्रमणबाट लिबियाका सरकारी कार्यालय रक्षार्थ नेपाली सेना खटाउने प्रक्रिया अगाडि बढाएको हो ।

राष्ट्रसंघले नेपाल सरकारलाई शान्ति स्थापनार्थ एक टोली खटाइदिन अनुरोध गरेपछि पहिलो चरणमा २ सय २० जना सेनाको टोली खटाउने तयारी भइरहेको सैनिक प्रवक्ता ताराबहादुर कार्कीले जानकारी दिए ।

उनले भने, ‘राष्ट्र संघले अनुरोध गरेपछि त्यहाँ पठाउने फौज र बस्दोबस्तीका सामान तयार भए पनि राष्ट्र संघले तैनाथ गर्ने मिति र समयमा बारेमा चिठी भने पठाएको छैन् ।’ नेपाल समाचारपत्र दैनिकमा खबर छ ।