२ कार्तिक २०८३, सोमबार

उज्यालोका कारण मेची अञ्चलभरी यातायात बन्द

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Mechi-Zone

झापा, २१ साउन । दुई यातायात व्यवसायी संस्थाबीचको विवादले मेची अञ्चलभर यातायात बन्द भएको छ ।

उज्यालो यातायात व्यवसायी सङ्घले काठमाडौंमा संस्था दर्ता गरी झापाबाट लामो दुरीको बस सेवा सञ्चालन गर्ने तयारी थालेपछि नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले विरोधमा बुधवार बिहानैदेखि मेची अञ्चलभरि यातायात बन्द गरेको हो ।

बन्दका कारण काँकडभिट्टाबाट राजधानी, पोखरा, महेन्द्रनगर, वीरगन्जलगायत मुलुकका विभिन्न स्थानमा जाने बस आज चलेनन् भने स्थानीय रुटमा समेत कुनै सार्वजनिक तथा निजी यातायातका साधन चल्न सकेका छैनन् ।

पूर्वपश्चिम राजमार्गको काँकडभिट्टादेखि दमकसम्म र मेची सहायक राजमार्गको झापादेखि ताप्लेजुङसम्म सार्वजनिक यातायात सेवा ठप्प रहेको महासङ्घ मेचीका संयोजक लक्ष्मीप्रसाद सिटौलाले जानकारी दिनुभयो ।

गैरव्यवसायीले उज्यालो सङ्घको नाममा रकम असुल्न वर्षौदेखि चलिरहेको संयुक्त व्यवस्थापन विथोल्न खोजेकाले विरोध गर्नुपरेको संयोजक सिटौलाले बताउनुभयो ।

यसैबीच उज्यालो यातायात व्यवसायी सङ्घले बुधवमार दिउँसो काँकडभिट्टामा आफ्नो बस सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको जनाएको छ ।