२ कार्तिक २०८३, सोमबार

पहिरो पीडितलाई सुरक्षा र राहत दिन सरकार गंभीर बनोस्ः महासचिव पोख्रेल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ishwor-1

काठमाडौं, २१ साउन । नेकपा एमालेका महाससचिव इश्वर पोख्रेलले सिन्धुपाल्चोकको मान्खा र राम्चेकोबीचको जुरेमा अचानक आएको भीषण पहिरोका कारण थुनिएको सुनकोशीको भीषण, अकल्पनीय र अत्यन्त पीडादायी उक्त घटनाबारे चिन्ता व्यक्त गर्नुभएको छ ।

उहाँले सामाजिक सञ्जाल फेसबुक मार्फत उक्त पहिरोले पु¥याएको धन, जनको क्षति कहाली लाग्दो भएको भन्दै सरकारले अत्यन्त गंभीरतापूर्वक र जिम्मेवारीपूर्वक जनतालाई सुरक्षित राख्नुपर्ने कुरामा विशेष तदारूकता देखाउनुपर्ने जरूरी रहेको बताउँनु भएको छ ।

‘अहिले थुनिएर ताल वनेको सुनकोशीका कारण तल्लो तटीय क्षेत्रका जनता कुनै पनि वेला तालफुटेर भयावह स्थितिको सामना गर्नुपर्ने त्रासमा रहन वाध्य वनेका छन्,’ उहाँले भन्नुभएको छ, ‘माथिल्लो तटीय क्षेत्रका जनता ताल बढ्दै गएर डुवानमा पर्ने खतराको सामना गरिरहेका छन्, यस्तो वेलामा सरकारले अत्यन्त गंभीरतापूर्वक र जिम्मेवारीपूर्वक जनतालाई सुरक्षित राख्नुपर्ने कुरामा विशेष तदारूकता देखाउनुपर्ने जरूरी छ ।’

उहाँले जनताको सुरक्षा र राहत सरकारको पहिलो प्राथमिकता भएको भन्दै सामाजिक सञ्जाल मार्फत जनताको सुरक्षा र राहतका लागि राजनीतिक पार्टीका कार्यकर्ता र जनस्तरबाट समेत आवश्यक पहल गर्न आग्रह गनुृभएको छ ।