काठमाडौं, ४ जेठ । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जनजाति र मधेसीले सुरू गरेको राजधानी केन्द्रित आन्दोलनमा जनताको साथ नरहेको आरोप लगाउनुभएको छ ।
आज बिहान नेपालवाणी रेडियो नेटवर्कमा पत्रकार ऋषि धमलासँग कुरागर्दै मन्त्री राईले संघीय गठबन्धनको आन्दोलनको चौचित्य नरहेको बताउनुभयो । ‘जनजाति र मधेसीले सुरू गरेको राजधानी केन्द्रित आन्दोलनमा जनताको समर्थन छैन’, उहाँले भन्नुभयो, ‘यो आन्दोलनको कुनै औचित्य छैन ।’
सञ्चारमन्त्री राईले भन्नुभयो, ‘दुईटा मान्छेले पुनर्लेखन गर्ने भन्दैमा संविधान पुनर्लेखन हुँदैन । दलहरूका बीच सहमति भयो भने संशोधन मात्रै हुन सक्छ ।’
दुईतिहाइभन्दा बढीको समर्थन बनेको संविधानले सबैको माग सम्बोधन गरेको बताउनुभएका राईले भन्नुभयो, ‘जनप्रतिनिधिले बनाएको संविधान हो । संविधानको विरोध गर्नु र आन्दोलनको कुनै तुक छैन ।’
उहाँले आन्दोलनकारीलाई वार्ता र सम्वादबाट समस्याको समाधान खोज्न सुझाव दिनुभयो । ‘सरकारले वार्ताका लागि आह्वान गरेको छ’, मन्त्री राईले भन्नुभयो, ‘आउनुस् वार्ता गरौँ ।’













प्रतिक्रिया