२ कार्तिक २०८३, सोमबार

सुनकोसीमा गएको पहिरोमा परि मृत्यु हुनेको संख्या १ सय २३

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunkoshi-final

सिन्धुपाल्चोक, २१ साउन । सिन्धुपाल्चोकको जुरेको सुनकोसीमा गएको पहिरोमा हराइरहेका १ सय २३ जनालाई स्थानीय प्रशासनले मृत घोषित गरेको छ ।

स्थानीय प्रशासनले हराइरहेका एक सय २३ जनालाई मृत घोषित गरेपछि मृतको संख्या एक सय ५६ पुगेको हो ।

यसअघि खोजतलासका क्रममा ३३ जनाको शव फेला परेको थियो ।

त्यसैगरी काज किरियाका लागि खर्चस्वरुप सरकारले प्रतिमृतक ४० हजारको दरले राहत उपलब्ध गराएको छ ।

पीडितहरुलाई भने प्रति परिवार पाँच हजारको दरले राहत उपलब्ध गराइएको सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

पुरिएकाहरुको शव फेला नपरेपछि स्थानीयले कुशको शव बनाई दाहसंस्कार गरेर किरिया थालेका छन् ।