८ कार्तिक २०८३, आइतबार

नेपालमाथि भारतको ठूलो षड्यन्त्र, कार्यालय बन्द गर्न मानेन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

modiकाठमाडौं, ४ जेठ । ०६५ मा कोसी कटानको समयमा तत्काल उद्योग व्यापारमा सहजीकरण गरी आवश्यक सुविधा पुगाउन पूर्वका उद्योगी व्यापारीको आग्रहमा विराटनगरमा भारतीय दूतावासको फिल्ड कार्यालय स्थापना गरिएको थियो ।

तर, त्यो प्रयोजन सकिएपछि पनि भारतले सो कार्यालय हटाउन मानेको छैन । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

फिल्ड कार्यालय हटाउन नेपाल सरकारले पाँच वर्षअघि नै दूतावासलाई परिपत्र गरेको थियो ।

परराष्ट्र मन्त्रालयले गरेको परिपत्रलाई वेवास्ता गर्दै भारतले नियमविपरीत निर्वाध रुपमा फिल्ड कार्यालय सञ्चालन गरिरहेको छ ।

कोशी कटानको बेला फिल्ड कार्यालय स्थापना गरिएपनि हाल सो समस्या समाधान भइसकेको छ ।

फिल्ड कार्यालयले के–के काम गर्छ र कति कर्मचारी छन् भन्ने विषयमा कुनै जानकारी गराइएको छैन ।