८ कार्तिक २०८३, आइतबार

बेहुलाको मागले बेहुलीको बिचल्ली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Marrigeपर्सा, ४ जेठ । पर्साको लखनपुर ४ का मथुरा साहकी छोरी सुनिता साह र पर्साकै महुवन ३ का गणेश साह कानुका छोरा हरिशंकर साहसँग वैशाख १७ गते विवाह गर्ने तय भएको थियो ।

विवाहमा आउने जन्तीको स्वागत र व्यवस्थापनका लागि बेहुलीका बुबा मथुराले सबै तयारी पूरा गरिसकेका थिए । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

जन्तिका लागि बेहुलीको घरमा खानाका परिकार पनि पाकिसकेका थिए । तर राति अबेरसम्म कुर्दा न जन्ती आए न बेहुला नै । दाइजोमा जग्गा नपाएको भन्दै बेहुला जन्ती लिएर नगएका हुन् ।

बेहुली पक्षले बेहुला पक्षलार्इ दाइजोमा नगद ५० हजार रुपैया र नम्बरी तीन कठ्ठा जग्गा दिने शर्तमा सुनिता र हरिशंकरको विहे वैशाख १७ गते हुने तय भएको थियो ।

दाइजोमा कबुल गरिएको अनुसार बेहुली सुनिताका बुबा मथुराले बेहुला हरिशंकरका बुबा गणेशलार्इ नगद ५० हजार रुपैया विवाह तय गरिएको मिति भन्दा एक हप्ता पहिले नै बुझाइसकेका थिए ।

तर नम्बरी जग्गा खेत बैंकमा धितो राखिएका कारण मथुराले आफनो नाममा मोही रहेको पाँच कठ्ठा १० धुर जग्गा दाइजोमा दिने प्रस्ताव राखेपछि बेहुला पक्षले अस्विकार गरेको थियो ।