१ कार्तिक २०८३, आइतबार

इन्टरनेटमा नेपाल टेलिकमको नयाँ अफर

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepal-Telecom-final

काठमाडौं, ३ जेठ । नेपाल टेलिकमले मोबाइल इन्टरनेटका लागि नयाँ अफर ल्याएको छ ।

सोमबार सार्वजनिक सूचना जारी गरी टेलिकमले मे १७ का दिन मनाइने इन्टरनेसनल टेलिकमेनिकेसन डेको अवसर पारेर जिएसएम प्रिपेड र सीडिएमए प्रिपेड र पोस्टपेड मोवाइलको लागि अनलिमिटेड इन्टरनेट डाटा अफर ल्याएको जनाएको छ ।

टेलिकमले ल्याएको यो सुविधाको लागि ग्राहकले करबाहेक ९० रुपैयाँ शुल्क तिर्नुपर्ने छ । डाटा प्याकेज राति ११ बजेदेखि बिहान ५ बजेसम्म अनलिमिटेड हुनेछ ।

प्याकेजको लागि प्रयोगकर्ताले nightdata टाइप गरी १४१५ मा एसएमएस पठाउनु पर्नेछ। यो अफर जेठ ४ देखि जेठ १८ सम्म सात दिनको लागि मात्र हुनेछ ।