काठमाडौं, ३ जेठ । प्रमुख सत्ता साझेदार दल एकीकृत नेकपा माओवादीले आफ्नो पार्टीसम्बद्ध मन्त्रीहरुसँग विशेष छलफल गरेको छ ।
एमाओवादीका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा सरकारमा प्रतिनिधित्व गर्ने आफ्ना मन्त्रीहरुसँग एमाओवादीले सोमबार छलफल गरेको हो ।
एमाओवादीले सोमबार संसदीय दलको कार्यालयमा सरकारमा प्रतिनिधित्व गर्ने आफ्ना मन्त्रीहरुसँग आगामी आर्थिक वर्षको बजेटमा समावेश गरिने कार्यक्रमका बारेमा छलफल गरेको थियो ।
छलफलमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र पार्टीको योजना तथा वित्त आयोगका सदस्य सहभागी थिए । आगामी आर्थिक वर्षको बजेट संविधान जारी पछिको पहिलो बजेट भएका कारण संघीयता कार्यान्वयनका सम्बन्धमा मन्त्रालयहरुले के कस्तो तयारी गरेका छन् भन्ने बुझ्नका लागि मन्त्रीहरुसहितको बैठक गरेको पाण्डले बताए ।
उनका अनुसार सरकारमा सहभागी एमाओवादीका आठै जना मन्त्रीहरुले राष्ट्रिय योजना आयोगले दिएको सिलिङ र सिलिङभित्र रहेर प्रस्ताव गरिएका कार्यक्रमबारे जानकारी गराएका छन् ।
एमाओवादीले पार्टीका मन्त्रीहरुले गरेको ब्रिफिङका आधारमा बजेटका बारेमा प्रधानमन्त्री र अर्थमन्त्रीसँग छलफल गर्ने निर्णय गरेको छ ।













प्रतिक्रिया