काठमाडौं, ३ जेठ । प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी ओलीले मदन भण्डारी र जीवराज आश्रितको हत्या दुर्घटनाबाट नभई षड्यन्त्रमार्फत हत्या गरिएको आरोप लगाउनुभएको छ ।
मदन–आश्रितको २३औँ स्मृति दिवसका अवसरमा बल्खुस्थित पुरानो पार्टी कार्यालयमा आज बिहान आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले दासढुङ्गा दुर्घटना हत्या भएको दाबी गर्नुभयो ।
‘मदन भण्डारी र जीवराज आश्रितको दुर्घटनामा ज्यान गएको होइन, हत्या भएको कुरामा एमाले स्पष्ट छ’, उहाँले भन्नुभयो, ‘यसको खोजीनीति गरिने छ । लामो समय बितसकेकाले अनुसन्धानमा कठिनइ हुनेछ ।’
‘त्यो नियोजित हत्या थियो भन्नेमा हामी द्विविधामा छैनौं’, उहाँले भन्नुभयो, ‘कानुनी रुपमा खोजविन गर्नु पर्नेछ । प्रमाणहरूको अध्ययन गर्ने र अनुसन्धान गर्नुपर्नेछ । त्यो हामी गर्छौं ।’
२३ वर्ष अगाडि आजकै दिन चितवनको दासढुङ्गामा मदन भण्डारी र जीवराज आश्रित सवार पजेरो जिप दुर्घटना भएको थियो । दुर्घटनामा बाँचेका चालकको पनि पछि हत्या भएको थियो ।












प्रतिक्रिया