२५ कार्तिक २०८३, बुधबार

सिंहदरबार घेराउ गर्नेभन्दा धेरै मानव अधिकारकर्मी, यसरी देखाए चर्तिकला

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Human Rightsकाठमाडौं, ३ जेठ । मधेसी मोर्चासहितका विभिन्न २९ राजनीतिक दल आवद्ध संघीय गठबन्धनले सुरू गरेको सिंहदरबार घेराउको कार्यक्रमलाई अनुगमन गर्ने बहानामा पाँच दर्जन बढी अधिकारकर्मीहरू रङ्गी–चङ्गी कपडामा देखिने गरेका छन् ।

सिंहदरबार घराउ आन्दोलनकारीभन्दा धेरै मानव अधिकार शब्द लेखेको कपडा र ज्याकेट लगाएका व्यक्तिहरू धेरै देखिएका छन् ।

अधिकांशले आ–आफ्नो संस्था झल्कने गरेर मानव अधिकारकर्मी भन्ने लेखिएको ज्याकेट लगाउने गरेका छन् ।

आइतबार राष्ट्रिय मानव अधिकार आयोगका कर्मचारीहरू भने आफ्नै गाडीमा घरियता घरिउता डुलिरहेको देखिएको थियो ।

कालो चस्मा, हातमा पानीको बेतल र क्यामरा बाकेर आइतबार दिनुभरि सिंहदरबारस्थित माइतीघर मण्डला र हनुमानस्थानमा यताउता गरेको देखिने गरेका उनीहरूका गतिविधी हेर्न लायकका थिए ।

काम नभएपछि अनुगमनका नाममा दिनभरि सिंहदरबार फन्को लगाउने मानव अधिकारकर्मीको चर्तिकला देखेर धर्नाकारी नै अचम्मा परेका थिए ।

एक जना धर्नाकारीले भने, ‘हामी दिनुभरि टन्टलापुर घाममा बसेर अधिकारको लडाइ लडेका छौँ । हाम्रो आन्दोलन अनुगमन गर्ने नाममा विदेशीको पैसा ल्याएर हुल बाँधेर हिँडेका छन् ।’

हुन पनि आइतबार जता हे-यो त्यतै मानव अधिकार लेखेको ज्याकेट लगाएका अधिकारकर्मीहरू देखिन्थे ।

Human Rights Nepal Nepal Human Rights