२५ कार्तिक २०८३, बुधबार

दोस्रो दिन पनि सिंहदरबार घेराउ हुँदै, धर्नालाई गठबन्ध व्यवस्थित बनाउने

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

morcha-7काठमाडौं, ३ जेठ । संविधान पुनर्लेखनको माग गर्दै सिंहदरबार घेराउमा उत्रिएको २९ दलीय संघीय गठबन्धनले आज दोस्रो दिन पनि धर्ना दिने भएको भएको छ ।

बिहान नौँ बजेदेखि सुरु हुने धर्ना अपरान्ह पाँच बजेसम्म चल्ने सद्भावना पार्टीका महासचिव मनीषकुमार समुनले जानकारी दिनुभयो ।

‘सिंहदरबार धर्नाको कार्यक्रम यथावत छ’, उहाँले भन्नुभयो, ‘बिहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म शान्तिपूर्ण धर्नाको कार्यक्रम हुन्छ ।’

संघीय गठबन्धनको सिंहदरबार घेराउ कार्यक्रमका विषयमा आएका विभिन्न खालका आशंकाको खण्डन गर्दै महासचिव सुमनले भन्नुभयो, ‘हाम्रो आन्दोलन शान्तिपूर्ण छ । आशंका गर्नुपर्ने कुनै कारण छैन ।’

गठबन्धनले आज पनि हनुमानस्थान र माइतीघर मण्डलामा धर्ना यथावत रहने जनाएको छ । हनुमानस्थानमा सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसहितका नेताहरूले धर्ना दिनुहुनेछ ।

माइतीघर मण्डलामा संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसहितका नेताहरूले कमाण्डिङ् गर्ने आन्दोलन परिचालन उपसमितिका संयोजक आङ्काजी शेर्पाले जानकारी दिनुभयो । ‘सिंहदरबार घेराउपछि साँझ बस्ने गठबन्धनको बैठकले थप रणनीति बनाउनेछ’, शेर्पाले भन्नुभयो ।