८ कार्तिक २०८३, आइतबार

भाषा परीक्षाको उत्तीर्ण नतिजा पुनरावलोकन हुने

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

South Koriyaकाठमडौं, ३ जेठ । सरकारले सातौं कोरियन भाषा परीक्षामा उत्तीर्णको संख्या पुनरावलोकन गर्न कोरियाको मानव संशाधन विकास समक्ष माग गरेको छ ।

६० हजारभन्दा बढी युवा सहभागी हुने परीक्षामा ३१ सय मात्र उत्तीर्ण हुनु अव्यवहारिक भएकाले पुनराबलोकन गर्नु आवश्यक रहेको सरकारको ठहर छ । कारोबार दैनिकले समाचार छापेको छ ।

आइतबार श्रम तथा रोजगार मन्त्रालयका निमित्त सचिव सूर्य श्रेष्ठ र एचआरडी इन्स्पेक्टर जनरल चोई सुङबीच भेटवार्ता भएको थियो ।

बर्सेनि ६० हजारदेखि ७० हजार युवा कोरियन भाषा परीक्षामा सहभागी हुन तर ५र६ हजार युवाले मात्र रोजगार अवसर पाउने गरेका छन् ।

ुयो अत्यन्त न्यून भएकाले थप कोटा वृद्धि गर्न माग गरेका छौुं कोरियाको एचआरडीसँगको छलफलपछि ईपीएस कोरिया शाखा प्रमुख डिल्लीराम बाँस्तोलाले भने । उनले कोरियाले कोटा बढाउन छलफल गर्ने जानकारी दिएको जनाए ।