काठमाडौं, २ जेठ । राजधानी केन्द्रीत आन्दोलनमा होमिएको संघीय गठबन्धनले सिंहदरबार घेराउ गर्न नछाड्ने निर्णय गरेको छ ।
आइतबार साँझ संघीय समाजवादी फोरम नेपालको केन्द्रीय पार्टी तीनकुनेमा बसेको बैठकले सिंहदरबार घेराऊ कार्यक्रमलाई जारी राख्ने निर्णय गरेको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष एवं संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले जानकारी दिए ।
आइतबारदेखि सुरु भएको सिंहदरबार घेराऊ कार्यक्रम सोमबार र मंगलबार यथावत रहने भएको छ । त्यसपछि सिंहदरबार घेराऊ कार्यक्रमलाई निरन्तर राख्ने वा स्वरुप परिवर्तन गर्ने बारे भोलि सोमबार बस्ने गठबन्धनको बैठकले निर्णय गर्ने बताइएको छ ।
सिंहदरबार घेराऊको पहिलो दिन शान्तिपूर्ण र जनताको व्यापक सहभागितामा सफल भएको गठबन्धनले समिक्षा गरेको छ ।
गठबन्धनले काठमाडौं केन्द्रीत आन्दोलनलाई शान्तिपूर्ण ढंगले अझ उचाइँमा पुर्याउने समेत निर्णय गरेको बताइएको छ ।













प्रतिक्रिया