२५ कार्तिक २०८३, बुधबार

बाढी पहिरो पीडितलाई सहयोग गर्न कांग्रेसको आग्रह, देउवाले दुःख व्यक्त गरे

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sherbahadur Deuba Congresssकाठमाडौं, २ जेठ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले हालै देशका विभिन्न भागमा केही दिनदेखि परेको अविरल वर्षाका कारण उत्पन्न पहिरो र बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख प्रकट गर्दै प्रभावित जनताको उद्दार र सहयोगका लागि आग्रह गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले दैलेख, कालिकोट, सल्यानलगायतका जिल्लाहरुमा कतिपय व्यक्तिको बाढी पहिरोमा परेर मृत्यु भएको भन्दै गहिरो दुःख व्यक्त गर्नुभएको छ । ‘सयौँको संख्यामा घाइते, विस्थापित र धनसम्पत्तिको क्षतिप्रति नेपाली कांग्रेस गहिरो दुःख व्यक्त गर्दछ’, जारी विज्ञप्तिमा भनिएको छ, ‘प्राकृतिक विपतको यस दुःखद घडीमा सम्पूर्ण प्रभावितजनहरुप्रति पार्टी आफ्नो साथ सहयोग र ऐक्यवद्धता जाहेर गर्दछ ।’

कांग्रेस घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ । यस विपतमा परेका पीडित परिवारहरुलाई उद्धार, राहत र सहयोग गर्न सबै पक्षसँग कांग्रेस सभापति देउवाले आग्रह गर्नुभएको छ ।

कांग्रेसका स्थानीय पार्टी निकायहरु तथा भातृ एवं शुभेच्छुक संघ संस्थाहरुलाई पनि पीडित परिवारको उद्धार र राहत कार्यमा आवश्यक सहयोग पुर्याउन देउवाले निर्देशन दिनुभएको छ ।