काठमाडौं, २ जेठ । ‘एकताले नै सपना साकार हुन्छ’ भन्ने मुल नाराका साथ किरात कोइँच स्पोर्टस क्लबले आयोजना गरेको दोस्रो अदिबासी जनजाती कप–२०७३ फुटबलको उपाधि सुनुवार सेवा समाज ललितपुरले हात पार्न सफल भएको छ ।
बैशाख २७ गतेदेखि जारी प्रतियोगिता ललितपुरको सिएफएस खेल मैदानको फाइनल खेलमा सुनुवार अञ्चल ट्याक्सी व्यवसायीबीच भएको खेलमा निर्धारित समयमा १–१ गोलको बराबरीमा टुंगिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो । पेनाल्टी सुट आउटमा ५–४ गोलले पराजित गर्दै ललितपुरले उपाधि हात पारेको हो ।
खेलको छैठौ मिनेटमा सुमन मगरले गोल गर्दै ट्याक्सी व्यवसायीलाई अग्रता दिलाएको थिए । खेलको दोस्रो हाफमा ट्याक्सी व्यवसायीलाई दवावमा राख्दै ललितपुरले खेलको ६३औं मिनेटमा बसन्त तामाङको गोलले खेल बराबरीमा ल्याएका थिए ।
प्रतियोगितामा विभिन्न विधामा पुरस्कार वितरण गरिएको थियो प्रतियोगिाभरिको क्रमशः उच्च गोलकर्ता दुरा सेवा समाजबाट निर्मल दुरा, उत्कृष्ट रक्षक कमल तामाङ सुनुवार सेवा समाज ललितपुर, उत्कृष्ट फरवार्ड सुमन मगर अञ्चल ट्याक्सी व्यवसायी, उत्कृष्ट गोलकिपर सोम सामताङ सुनुवार सेवा समाज ललितपुर, उत्कृष्ट मिडफिल्डर त्रिलोक दुरा दुरा सेवा समाज र प्रतियोगिताभरिकै उत्कृष्ट खेलाडी रवि थिङ सुनुवार सेवा समाज ललितपुरले हात पार्न सफल भएका छन् । पुरस्कृत खेलाडीलाई प्रमुख अतिथि सुनुवार सेवा समाजका अध्यक्ष रणवीर सुनुवारले वितरण गरेका थिए ।
प्रतियोगितामा क्रमशः सुनुवार विद्यार्थी समाज चौथो, दुरा सेवा समाज तृतीय, सुनुवार अञ्चल ट्याक्सी व्यवसायी दोस्रो र सुनुवार सेवा समाज ललितपुर प्रथम भएको थियो । विजेता टोलीलाई नगद, प्रमाण–पत्र तथा ट्रफी वितरण गरिएको थियो ।
















प्रतिक्रिया