– योगेन्द्र योगी
संखुवासभा,२ जेठ । लिचीको मूल्य जेठको सुरुदेखि नै आकासीएको छ । प्रति लिची दुई रुपियाँको दरले विक्री भईरहेको छ ।
अन्य वर्षको तुलनामा लिची कम फलेकोले मंहगो रहेको व्यापारीहरु बताउँछन । केहि वर्ष अगाडि एक रुपियाँमा चार वटा लिची बिक्री हुन्थ्यो ।
जिल्लाको धुपुमा फुटपाथमा बिक्री गरिरहेका व्यापारीहरुका अनुसार एक सय लिची दुई सयमा विक्री भईरहेको भन्दै आँप पाक्नुभन्दा अगावै लिचीको व्यापारमा व्यस्त रहेको कुमार मगरले बताए ।
मगरका अनुसार अन्य फलफूलको तुलनामा लिचीको व्यापारमा बढी नाफा कम समयमै हुने गरेकोले यतिवेला फूटपाथका सम्पूर्ण व्यापारीहरु लिची बेच्नमै व्यस्त रहेको उनले बताए ।
लिचीवाट मनग्य आम्दानी भईरहेकोले लिचीको फूलवारी लगाउन किसानहरुको आकर्षण वढदै गईरहेको जिल्ला कृषि कार्यालयले जनाएको छ । लिची
लगाएको एक दुई वर्षमै फल्न थाल्ने र थारै जग्गामा बढी रुख अटाउने भएकोले यस तर्फ किसानहरुको आकर्षण वढेको बस्तीप्र धुपुका भेषराज पोखरेलको भनाई रहेको छ ।















प्रतिक्रिया