८ कार्तिक २०८३, आइतबार

पन्ध्र वर्षपछि पूर्वराजा ज्ञानेन्द्र किन पुगे त्यहाँ ?

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Gyanendra-Shahaकाठमाडौं, २ जेठ । पृथ्वी राजामार्गको गल्छी हुँदै नुवाकोट पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहले १५ वर्ष पछि नुवाकोटको भैरवी मन्दिरमा पूजा गरेका छन् ।

परिवार सहित नुवाकोट पसगेका पूर्वराजाले नुवाकोटका विभिन्न मठमन्दिरमा पूजा अर्चनान गरेका थिए । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

पूजा अर्चना पछि स्थानीय पत्रकारसँग कुरा गर्दे शाहले देशको वर्तमान अवस्थाप्रति असन्तुष्टि जनाएका छन् ।

नुवाकोटको बट्टार बजारमा स्थानीय पत्रकारहरुसँग कुरा गर्दै पूर्वराजा शाहले देशमा शान्ति आउनुपर्ने भन्दै असन्तुष्टि जनाएका हुन् ।

‘तपाईँहरुलाई देशको अहिलेको परिस्थितिबारे थाहा छँदैछ’, पाँच सय वर्ष पुरानो भैरवी मन्दिरमा पत्नी कोमलसहित पूजा गरेपछि उनले सञ्चारकर्मीसँग भने, ‘देशमा शान्ति आउनुपर्यो । सबैले सुख पाउनुपर्यो ।’

उनले अहिलेको अवस्थामा सुधार आउनुपर्ने उल्लेख गरेका हुन् ।

भैरवी मन्दिरमा पूजा गरेपछि पूर्वराजा शाहले पाँच किलोमिटर तल बिदुर बजारको रूद्रेवर महादेव मन्दिरमा पनि पूजा गरे ।

त्यहाँ पूजा गरेपछि उनले डेढ किलोमिटर पैदल हिँड्दै स्थानीयबासीसँग भलाकुसरी गरेका थिए ।

त्यसक्रममा पूर्वराजा शाह र राजतन्त्रका पक्षमा स्थानीयबसीले चर्को नाराबाजी पनि गरेका थिए ।