काठमाडौं, २ जेठ । सत्ता नेतृत्व गरिरहेको दल एमालेभित्र भारतविरोधी जनमत बढ्न थालेको छ ।
विशेषगरी कार्यकर्ता तहमा यस्तो सेन्टिमेन्ट बढेको पाइएको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।
एमालेको दोस्रो तहका नेता युवा तथा विद्यार्थीमा भारतको चर्को विरोध गर्ने प्रवृत्ति केही समययता औपचारिक कार्यक्रममा देखापरेको हो ।
युवा तथा विद्यार्थी र दोस्रो तहका नेता भारतविरुद्ध अभिव्यक्ति दिन थालेका छन् ।
शीर्ष तहका नेतालाई प्रमुख अतिथि र अतिथि बनाएर आयोजना गरिने त्यस्ता औपचारिक कार्यक्रममा नेताले न त्यसलाई रोक्ने गरेका छन्, न त सार्वजनिक समर्थन ।
शीर्ष तहका नेतासमेत भारतको नम नलिई विरोध भने गर्छन् ।
भारतले लगाएको नाकाबन्दी र पछिल्लो समसयमा केपी ओली नेतृत्वको सरकार परिवर्तनको सन्दर्भलाई आधार मानेर शीर्ष नेताहरु भारतको बिरोधमा देखिन्छन् ।















प्रतिक्रिया