८ कार्तिक २०८३, आइतबार

अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा बिक्री गर्ने यी हुन् ठूला कर्मचारी

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jaggaकाठमाडौं, २ जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जग्गा किर्ते कागजपत्र बनाई बिक्री गरेको आरोपमा उपसचिवसहित पाँचजना कर्मचारी पक्राउ परेका छन् ।

एयरपोर्टले अधिग्रहरण गरिसकेको जग्गालाई झुक्काएर बिक्री गर्ने भक्तपुर मालपोत कार्यालयका तत्कालीन कर्मचारीलाई प्रहरीले पक्राउ गरेको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

भक्तपुरको दीव्यश्वरी ८ पेप्सीकोलाको १२ आना जग्गा भू–माफियाको समूहसँग मिलेर भक्तपुर मालपोत कार्यालयका कर्मचारीले बिक्री गरेका थिए ।

जग्गा दलालसहित कर्मचारीलाई प्रहरीले १५ वर्षपछि पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भूमिसुधार कार्यालय भक्तपुरमा कार्यरत उपसचिव चन्द्रमणि अर्याल, वैदेशिक रोजगार विभागमा कार्यरत अधिकृत दिलीपकुमार अधिकारी, मालपोत कार्यालय ललितपुरमा कार्यरत हरिनारायण मानन्धर, जिल्ला हुलाक कार्यालय सोलुखुम्बुमा कार्यारत देवीकुमार पराजुली थिए ।

भूमाफियाको गिरोहसँग मिलेर उनीहरुले सरकारी जग्गा नक्कली कागजपत्रका आधारमा बिक्री गरेको अनुसन्धानमा खुलेको छ ।

आर्थिक प्रभावमा परेर उनीहरुले सरकारी जग्गा बिक्री गरेका थिए ।