१ कार्तिक २०८३, आइतबार

पाँच वर्षभित्र चीनको केरुङदेखि काठमाडौं-लुम्बिनीसम्म रेल गुड्छः प्रम ओली

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

KP OLIकाठमाडौं, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार अर्काे नयाँ घोषणा गर्नुभएको छ ।

यसअघि घरघरमा ग्यासको पाइप पुगाउने घोषणा गरेका प्रम ओलीले शनिबार युवा संघ नेपालले आफ्नो २६ औं स्थापना दिवसको अवसरमा आयोजित समारोहलाई सम्बोधन गर्दै पाँच वर्षभित्र मुलुकलाई रेलमय बनाउने घोषणा गर्नुभएको हो ।

चीनबाट काठमाडौंसम्म रेल ल्याउनका लागि अब लिक बनाउन मात्र बाँकी रहेको भन्दै उहाँले मुलुकलाई रेलमय बनाउन आफूलाई कसैले रोक्न नसक्ने ठोकुवा गर्नुभयो ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको विरोधबाट आफू पछाडि नहट्ने दृढता व्यक्त गर्दै प्रधानमन्त्री ओलीले विदेशमा रेल चलाउन हुन्छ भने नेपालमा किन नहुने भन्दै प्रश्न गर्नुभयो ।

पाँच वर्षभित्र देश रेलमय हुने घोषणा गर्नुभएका उहाँले त्यो अवधिमा चीनको केरुङदेखि काठमाडौं तथा काठमाडांैदेखि पोखरा र लुम्बिनीसम्म सरकारले नै रेलमार्ग बनाउने दाबी गर्नुभयो ।