– विमल योगी
काठमाडौं, १ जेठ । एकीकृत नेकपा माओवादी यही जेठ पाँच गते विभाजित सबै माओवादीहरुसँग एकीकरण गर्ने निर्णय गरेको छ ।
पार्टी हेडक्वाटर पेरिसडाँडामा बसेको केन्द्रीय कमिटी बैठकले १३ बुँदे कार्यपत्र तयार पार्दै जेठ पाँच गते वैद्यबाट छुट्टिएको बादल, मणी थापा, मातृका यादव र विप्लवलाई छाडेका माओवादीहरुबीच एकीकरण गर्ने निर्णय गरेको केन्द्रीय सदस्य बसन्त शर्माले जानकारी दिए ।
उनका अनुसार जेठ पाँच गते एकता बैठक पनि आयोजना गरिनेछ । उक्त बैठकपछि भव्य समारोहबीच एकीकरणको घोषणा गरिनेछ । एकताका लागि विभाजित माओवादीहरुसँग वार्ता गर्ने जिम्मा अध्यक्ष प्रचण्डलाई दिइएको छ ।
प्रचण्ड नेतृत्वको एमाओवादीमा मिसिन आज मात्रै नेकपा क्रान्तिकारी माओवादीका बहुमत केन्द्रीय सदस्यहरुले मोहन वैद्यलाई अपदस्थ गरी रामबहादुर थापा बादललाई अध्यक्ष बनाएको थियो । साथै एकताका लागि वार्ता गर्ने जिम्मा पनि बादललाई दिइएको जानकारी प्रवक्ता पम्फा भुसालले जानकारी दिएकी थिइन् ।













प्रतिक्रिया