८ कार्तिक २०८३, आइतबार

‘मन्त्रीको प्रेम प्रस्ताव स्वीकार नगर्दा धेरै यातना खाइयो !’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पञ्चायत कालमा दिपक बोहरा भैरहवा–बुटवल क्षेत्रमा गुन्डागर्दीका लागि चर्चित थिए । सँगसँगै पञ्चायतको राजनीतिमा पनि सक्रिय भए । सूर्यबहादुर थापा प्रधानमन्त्री हुँदा ३० वर्षकै उमेरमा सहायक मन्त्री बने । थापा पछिका लोकेन्द्रबहादुर चन्द र मरिचमान श्रेष्ठका पालामा पनि उनी मन्त्री भए । अहिले श्रममन्त्री छन् । बोहराको बानी र स्वभावबारे पत्नी उन्नतिले यसो भनिन् ।

कागजको एउटा चिर्कटोमा ‘प्रिय उन्नती, म तिमीलाई एकदमै मन पराउँछु, धेरै माया गर्छु । मलाई तिम्रो जवाफ चाहियो ।’ भनेर प्रेम पत्र पठाउनुभयो । कहिल्यै बोलचाल नै नभएको मान्छेले ‘प्रिय उन्नति’ रे, चिन्नु न जान्नु ‘तिम्रो मात्र तिम्रो दिपक’ रे । उहाँहरुको राष्ट्रवादी विद्यार्थी मन्डले टाइपको ग्रुप थियो । मन्डले त हुन् नि पहिला । त्यो भित्र पनि स्किन हेड ग्याङ थियो कोर टिममा, बाइकमा हुटुटु हिँड्ने, भैरहवा, बुटवलमा अलि दादागिरी गर्ने । स्किन हेड ग्याङ भनेको टाउको मुडुलेर हिँड्ने क्या, मुर्दा ग्रुप । लाइफस्टाइल बदल्नुपर्ने, गुण्डागर्दी छाडेर राम्रो काम गर्नुपर्ने र आफ्नो खुट्टामा उभिने भएपछि मात्रै बिहे गर्ने सर्त राखेर उहाँको प्रेम प्रस्ताव स्वीकार गरेँ । उहाँ पनि त्यसमा तयार हुनुभयो । प्रेम प्रस्ताव स्वीकार नगर्दासम्म उहाँले यातना दिनुभयो, स्वीकार गरेपछि घरबाट पनि खुव यातना पाइयो ।

बुबा त्यसै पनि कडा मिजासको हुनुहुन्थ्यो । झापडसँगै कुचा र लाडीले पनि कुटाइ खाइयो । बुढालाई करोड ऋण दिएकी छु, उठ्नेमा शंका छ । उहाँले समय पनि निकै कम दिनुहुन्छ । साहित्यमा नलागेको भए त बाँच्नै गाह्रो पर्ने थियो । राजनीतिक मान्छेहरु झुटको खेती गर्छन । झुटा आश्वासन पनि बाँड्छन् । तर मलाई पटक्कै मन पर्दैन ।

– नयाँ पत्रिकाबाट 

(श्रम मन्त्री दिपक बोहराकी पत्नीसँग पत्रकार खगेन्द्र पन्तले गरेको कुराकानी)