२५ कार्तिक २०८३, बुधबार

नयाँ संविधानले नेपाल र नेपालीलाई बलियो बनायोः वरिष्ठ नेता खनाल

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १ जेठ । नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले नयाँ संविधानले नेपाल र नेपालीलाई बलियो बनाएको बताउनु भएको छ ।

युवा संघ नेपालको २६ औं स्थापना दिवको अवसरमा आज आयोजित २०४५ साल पूर्व नेकपा एमालेमा संगठित पार्टी सदस्यहरुलाई सम्मान गर्दै एमाले नेता खनालले यो संविधान बनाउने क्रममा नेकपा एमालेको सिलो एकताको कारण मात्र सफल भएको बताउँदै उहाँले भन्नुभयो ‘यो संविधान नेपाली कांग्रेस र एमाओवादीले पनि कार्यान्वयन गर्न नसक्ने भएकाले एमालेले नै संविधान कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी आएको छ, यसका लागि एमालेले एकताका साथ ४ वटा आधारभूत परिकल्पना पूरा गर्नुपर्ने छ ।’

चारवटा परिकल्पनाबारे व्याख्या गर्दै नेता खनालले भन्नुभयो ‘नयाँ राजनीतिक पद्धतिको सफल कार्यान्वयन स्थानीय प्रदेश र प्रतिनिधिसभाको निर्वाचन गरे मात्रै नयाँ पद्धतिले आकार लिनेछ, लोकतान्त्रिक गणतन्त्रको अर्थनीति, नयाँ सामजिक पद्धति र नयाँ संस्कृतिको पद्धतिको विकास समाजवाद तर्फको मार्ग प्रसस्त गर्ने अनिवार्य कार्य भएको छ । यो कार्य नेकपा एमालेले मात्रै पूरा गर्न सक्नेछ ।’

कार्यक्रममा एमाले बरिष्ठ नेता खनालले झापा विद्रोहका क्रान्तिकारी कम्युनिष्ट योद्धाहरुसहित २०४५ साल अगाडि सदस्यता प्राप्त गर्ने जेष्ठ सदस्यहरुलाई सम्मान गर्नुभयो । तत्कालित झापा विद्रोहदेखि बामपन्थी आन्दोलनमा होमिएका १ सय धेरै एमाले कार्यकर्तालाई सम्मान गरिएको थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीदेखि साँसदहरु, इन्द्र बुढाथोकी, मेनुका काप्mले, विष्णु बराल, ठूलो–सानो दुर्गा अधिकारी, चन्द्र भण्डारी लगायतलाई एमाले पार्टी कार्यालयको नयाँ सभाहलमा सम्मान गरिएको थियो ।

सम्मान कार्यक्रममा एमाले झापा अध्यक्ष चिन्तन पाठक चन्द्र भण्डारीलगाएतले कम्युनिष्ट पार्टीको योगदान गर्नू भएको चर्चा गर्नू भएको थियो । सोही अवसर मा मिस टिन झापा विजेता स्मृति अ‍ोलीलाई समेत युवा प्रोत्हासन सम्मान प्रदान गरिएकोे थियो ।

कार्यक्रम युवा सघ नेपाल झापाका अध्यक्ष त्रिलोचन सापकोटाको अध्यक्षतामा केन्द्रीय सदस्य दुर्गा गौतमले सञ्चालन गर्नु भएको कायक्रममा उपाध्यक्ष सम्भू भण्डारीले स्वागत गर्नु भएको थियो ।