दिपायल, १ जेठ । आफूले सिफारिस गरेका व्यक्तिलाई उत्तिर्ण नगराएको भन्दै स्वास्थ्य मन्त्री रामजनम चौधरीले सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालयले थालेको स्वास्थ्यकर्मीको करार नियुक्ति प्रक्रिया रद्ध गरिदिएका छन् ।
उनले बिहिबार वेलुकी मन्त्री स्तरीय बैकठबाट करार नियुक्ति प्रक्रिया रद्ध गरेको पत्र सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलमा पठाएका हुन । बिहीबार नै सबै पदको नतिजा क्षेत्रीय स्वास्थ्य निर्देशनालयले प्रकाशित गरेको थियो । स्वास्थ्य मन्त्रीले यि सबै ब्यक्तिलाई उत्तिर्ण गराउनु भनेर लिष्ट नै पठाउनु भएको थियो सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशक डा. सुशिल नाथ प्याकुरेलले भने, उहाँले भनेका ब्यक्ति नपर्दा प्रक्रिया स्थगित गरेका हुन । स्वास्थ्यमन्त्री चौधरीले फोनबाट समेत आफ्ना मान्छे नराखे राम्रो नहुने बताउदै आएका थिए ।
यसै क्रममा आफुले सिफारिस गरेका ब्यक्ति पासको सुचिमा नराखेको झोकमा सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशक प्याकुरेललाई एक महिनाका लागि मन्त्रालयमा हाजिर हुन समेत मन्त्रीले पत्र पठाएका छन् । मन्त्रीका मान्छे राख्न नसक्दा आफूलाई कारवाही स्वरुप मन्त्रालयमा झिकाएको आरोप निर्देशक प्याकुरेलको छ । स्वास्थ्यमन्त्री चौधरीले ६६ जना अनमी,९ जना स्टनफनर्स, ८ जना ल्याव असिष्टेन्ड गरि ८३ जनाको नाम पठाएको सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशक प्याकुरेलले बताएका छन् । हामीले चाहेर पनि सबैलाई उत्तिर्ण गर्न सक्दैनौ निर्देशक प्याकुरेलले भने, कार्यबिधीले सम्वन्धीत जिल्लाकोलाई प्राथमिकतामा राखेर ३ नम्बर दिने र सम्वन्धीत जिल्लाका उम्मेदबारहरु बिच मात्रै प्रतिस्पर्धा गर्ने भनेको छ । उहाँले पठाएको लिष्टमा ७० प्रतिशत भन्दा बढी कैलाली जिल्लाका छन् । स्वास्थ्यकर्मीले हाजिर हुन भनेपछि उनी शुक्रवार नै काठमाठौ हिडेका छन् ।
यता स्वास्थ्यमन्त्रीको सहयोगी बोलेको भन्दै क्षेत्रीय स्वास्थ्य निर्देशनालय प्रशासन फाँटका कर्मचारीलाई धम्की आउन थालेको छ । मलाई नराम्रोसंग धम्की आयो प्रशासनका अधिकृत राम प्रसाद ओझाले भने, नियम मिचेर काम गर्दैनौ बरु कारवाही भोग्न तयार छौं । स्वास्थ्यमन्त्रीले गरेको कार्यको डोटीका राजनीतिक दल र सांसदहरुले दुःखद भनेका छन् ।
नेपाली कांग्रेसका नेता तथा सांसद बिर बहादुर बलायरले स्वास्थ्यमन्त्रीले आफ्ना मान्छे पास नगरेको झोकमा प्रक्रिया रोक्ने निर्देशकलाई करवाही गर्ने जस्ता हर्कतमा उत्रिनु लाजमर्दो कुरो भएको बताए । नेकपा एमालेका नेता तथा सांसद प्रेम आले मगरले स्वास्थ्यमन्त्रीले गलत निर्णय गरेकोले सच्याउनुपर्ने बताए ।
सुदूरपश्चिम क्षेत्रीय स्वास्थ्य निर्देशनालय दिपायलले केन्द्रको निर्णय अनुसार २०७२ साल फगुन २० गते अनमी १ सय २७, हेल्थ असिष्टेन्ड १ सय ४०, रेडियो ग्राफर २, स्टाफनर्स ९, अहेव ७० र ल्याव असिष्टेन्ड ५ जनाका लागि करार नियुक्तिका लागि बिज्ञापन खुला गरेको थियो । परेका आवेदकहरुको चैत २० गते देखि २०७३ बैशाख ३० गते सम्म अन्तर्वार्ता लिएको थियो । जस्मा बिभिन्न पदमा गरि १ हजार १ सय ३७ जना सहभागी थिए ।












प्रतिक्रिया