काठमाडौं, १ जेठ । प्रधानमन्त्री केपी ओलीले संसद नियमावलीमा देखिएको विवाद अन्त्यका विषयमा राजनीतिक परामर्श थाल्नु भएको छ ।
प्रधानमन्त्री ओलीले नियमावलीमा सहमति जुटाउनका लागि कांग्रेस र एमाओवादी तथा आफ्नै दल एमालेका शीर्ष नेताहरूसँग आजदेखि परामर्श थाल्न लाग्नुभएको हो । परामर्शमा सभामुख ओनसरी घर्तीको पनि सहभागिता रहनेछ ।
प्रधानमन्त्री ओलीको सरकारी निवास बालुवाटारमा जारी छलफलमा संसद नियमावलीलाई छिटो सहमति गरेर निकास दिने विषयमा छलफल भइरहेको बुझिएको छ ।
संसद नियमावलीमा विशेष गरेर कांग्रेस र एमालेका नेताहरूको व्यक्तिगत टकरावले सहमति बन्न नसकेको आरोप छ ।
नियमावली बन्न नसक्दा संवैधानिक निकाय र राजदूतहरूको सिफारिसमा कुनै सुनुवाइ हुन सकेको छैन ।












प्रतिक्रिया