काठमाडौं, १ जेठ । नेकपा (माओवादी क्रान्तिकार)का नेता तथा पूर्व महसचिव रामबहादुर थापा ‘बादल’ले केन्द्रीय समितिको बैठक बोलाउनु भएको छ ।
ललितपुरको कुपण्डोलस्थित नेवाः राज्य समितिको मुख्यालयमा बस्ने बैठकमा एमाओवादीसँगको पार्टी एकीकरणका विषयमा छलफल हुनेछ । स्रोतका अनुसार आजको बैठकले एमाओवादीसँग पार्टी एकीकरण गरेर जाने विषयमा अन्तिम निर्णय हुनेछ ।
आवश्यक परे ‘बादल’को अध्यक्षतामा बस्न लागेको यो केन्द्रीय समिति बैठकले अध्यक्ष मोहन बैद्यलाई कारबाहीसम्मको प्रस्ताव अगाडि बढाउने स्रोतको दाबी छ ।
तर, बादल समूहका केही नेताहरूले बहुमतबाट पार्टी एकता गर्ने निर्णय गर्ने र जो आउँछन् उनीहरूलाई लिएर जाने नआउनेलाई यथावत छाड्ने बताउने गरेका छन् ।
एमाओवादीसँगको पार्टी एकीकरण गर्न पूर्व महासचिव बादलले प्रचण्डसँग १२ बुँदे गरिसकेको भन्दै अध्यक्ष बैद्यले आइतबारका लागि आफूले बोलाउनुभएको केन्द्रीय समिति स्थगित गर्नुभएको थियो ।
विभाजनको अन्तिम संघारमा रहेको नेकपा (माओवादी क्रान्तिकारी)का विषयमा आजदेखि छिनोफानो हुनेछ । स्रोतका अनुसार बादल समूहले पार्टी एकीकरणका लागि वार्ता टोली पनि बनाउन सक्नेछ ।












प्रतिक्रिया