२५ कार्तिक २०८३, बुधबार

संघीय गठबन्धनले शक्ति प्रदर्शन गर्दै, ठमेलमा विरोध सभा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Morcha-madeshi-1काठमाडौं, १ जेठ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितका दलहरू आबद्ध २९ दलीय संघीय गठबन्धनले आज काठमाडौंमा विरोध -याली प्रदर्शन गर्दैछ ।

काठमाडौंको रत्नपार्कस्थित शान्तिबाटीबाट सुरू हुने विरोध -याली विद्युत प्राधिकरण, शहिद गेट, न्यूरोड गेट, जुद्धशालिक, इन्द्रचोक हुँदै ठमेलस्थित कर्मचारी सञ्चय कोष भवन अगाडि पुगेर सभामा परिणत हुने सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनले जानकारी दिनुभयो ।

संविधान पुनर्लेखनको माग गर्दै आएको संघीय गठबन्धनले भोलि आइतबारदेखि सिंहदरबार घेराउको कार्यक्रम गर्दैछ । घेराउका लागि संघीय गठबन्धनले राजधानी आसपासका जिल्लाहरूबाट समेत कार्यकर्ता ओरालेको छ ।

महासचिव समुनका अनुसार आजको विरोध -यालीमा गठबन्धनमा आबद्ध सबै दलका शीर्ष नेताहरूको सहभागिता रहनेछ ।

सिंहदरबार घेराउको कार्यक्रमलाई शान्तिपूर्ण बनाइने महासचिव सुमनले बताउनुभयो । ‘हाम्रा सबै कार्यक्रम शान्तिपूर्ण हुन्छन्’, उहाँले भन्नुभयो, ‘तर राज्यले दमन ग-यो भने हामी चुप लागेर बस्ने छैनौँ ।’