८ कार्तिक २०८३, आइतबार

राजधानीमा आफ्नै साथीको यसरी भएको थियो हत्या

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Jail Pakrauकाठमाडौं, १ जेठ । सामान्य विवादमा राजधानीमा अर्को एउटा हत्या भएको छ ।

प्रहरीले तीन सता लामो अनुसन्धान गरेपछि हत्यामा संलग्न एक जनालाई पक्राउ गरेको छ । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ ।

अनुसन्धानछि एक सय रूपैयाँमा ज्यालको विवादमा हत्या भएको खुलेको हो ।

ठेकेदारले नै मदिरा सेवन गरी नशामा आफ्ना कामदारको हत्या गरेका हुन् ।

गत ९ वैशाखमा तार्केश्वरको कमेरे खोलामा श्यामबहादुर मगरको कुटपिटपछि हत्या भएको हो ।

हत्यामा संलग्न रसुवाका कृष्णबहादुर बिकलाई महानगरीय अपराध महाशाखाले बुधबार पक्राउ गरेको छ ।

बिक र मगर कमेरे खोलामा सँगै पर्खाल लगाउने कामा गर्थे । तर त्यसदिन रक्सी खाएपछि विवाद हुँदा विकले कुटेर मगरको हत्या गरेको महाशाखाका डिएसपी दीपक रेग्मीले बताए ।