८ कार्तिक २०८३, आइतबार

निजामती प्रशासन अब महिलाको कब्जामा !

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Nepali Mahilaकाठमाडौं, १ जेठ । निजामती सेवा प्रवेशका लागि फलामे ढोका मानिने लोकसेवा आयोगमा दरखास्त दिने पुरूषको तुलानमा महिलाको संख्या बढी छ ।

दरखास्त दिने बढे पनि उत्तीर्ण संख्या भने पुरूषकै बढी देखिन्छ । नागरिक दैनिकले समाचार छापेको छ ।

आब २०७१–७२ को तथ्याङ्क अनुसार पुरूषको भन्दा १ लाख ३१ हजार बढी महिलाको आवेदन परेको छ ।

यसबाट महिलाको रोजगारीप्रतिको मोह आँकलन गर्न सकिन्छ । लोक सेवा आयोगको पछिल्लो प्रतिवेदनले आवदेन दिने महिला बढे पनि सफल हुने पुरूषनै बढी छन् ।

मुलुकमा गणतन्त्र आएपछि समावेसी बनाउन थालिएपछि आयोगले खुलाउने आवेदनमा महिलाको मोह बढेको देखिन्छ ।

२०६४ सालदेखि आयोग प्रवेश समावेसी बाटो खोलिएको हो । आठ वर्षयता महिलाको आकर्षण बढेको तथ्यांकले बताउँछ ।