काठमाडौं, ३१ वैशाख । वैदेशिक रोजगारीका लागि मलेशिया पुगेर दुःख पाएका छ नेपालीको उद्दार भएको छ ।
उद्दार हुनेमा रौतहटका नीलबहादुर राई, पाँचथरका बुद्धवीर तामाङ, यमबहादुर वली, ओखलढुङ्गाका अनुप दाहाल, भक्तपुरका विनोद तामाङ र दोलखाका नरसङ तामाङ छन् ।
उनीहरू गत वर्ष असारमा मलेशिया स्थित हाइटमार्क कम्पनीमा क्लिनरको काममा गएका थिए ।
तर, अन्य कम्पनीमा काम लगाई दुस्ख पाएको उनीहरू अध्यागमन कार्यालयबाट समेत पक्राउ परी करीब १ महिनादेखि थुनामा परे ।
नेपालीहरू अलपत्र परेको भन्दै नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाको हटलाईन ११७७ मा गत चैतमा खबर भएको थियो ।
महाशाखाको विशेष पहलमा मलेशिया स्थित नेपाली दूतावास तथा अन्य सम्बन्धित निकायसँग समन्वय गरी उनीहरूको उद्दार भएको छ ।












प्रतिक्रिया