२ कार्तिक २०८३, सोमबार

सुनकोसी पीडितहरुको उद्धारका लागि सरकारले पहल नगरेको भन्दै सभासद्हरुको आक्रोस

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

sunkoshi-13

काठमाडौँ, २० साउन । सभसासदहरुले सुनकोसी बाढी पीडितहरुको उद्धारका लागि आवश्यक पहल नगरेको भन्दै सरकारको अलोचना गरेका छन ।

संसदको मंगलवारको बैठकमा बोल्दै उनहिरुले विस्थापितहरुलाई तत्काल पुनःस्थापन गर्न माग गरेका हुन् ।

बैठकमा एमाओवादी सभासद अग्नि सापकोटाले संकटग्रस्त क्षेत्र घोष्णा गरिए पनि त्यो अनुसारको व्यवस्था नहुँदा स्थानीय समस्यामा परेको भन्दै सरकारको आलोचना गर्नुभयो । उहाँले घाइतेको उपचारका लागि ध्यान दिन पनि सरकारसँग आग्रह गर्नुभयो ।

त्यसैगरी बैठकमा कांग्रेस सभासद मोहनबहादुर बस्नेतले सुनकोशीमा ३ किलोमिटर लामो र सय मिटर गहिरो ताल बनेको भन्दै उक्त ताल फुटे ठूलो जनधनको क्षति हुनेतर्फ सचेत रहन सरकारसँग आग्रह गर्नुभयो ।

यस्तै, एमाले सभासद अमृतकुमार बोहोराले सरकारले संकटग्रस्त क्षेत्र घोषणा गरेर पनि युद्धस्तरमा उद्धार र राहत वितरण गर्न नसकेको गुनासो गर्नुभयो । उहाँहरु तीनै जना सभासद् सिन्धुपाल्चोकका हुनुहुन्छ ।

त्यसैगरी मधेशी जनअधिकार फोरम नेपालका सभासद उपेन्द्र यादवलगायतका सभासद्ले पनि सुनकोसी र सखुंवासभामा गएको पहिरोबाट भएको जनधनको क्षतिप्रति दुःख ब्यक्त गर्दै पीडितहरुलाई तत्काल राहतको व्यवस्था गर्न माग गर्नुभयो ।