
भारतीय विदेश मन्त्रालयले विहीबार पत्रकार सम्मेलन गरेर काठमाडौंमा हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन र बुद्धको जन्मस्थल लुम्बिनीमा हुने २५६०औं वुद्ध जयन्ती समारोहमा भारतले सहभागिता जनाउने स्पष्ट पारेको हो ।
यद्यपी सम्मेलनमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नजाने मन्त्रालयले जनाएको छ । नेपालले सम्मेलनमा सहभागिता जनाउन पर्यटनमन्त्रीलाई दिल्ली पठाएरै मोदीलाई निमन्त्रणा दिएको थियो ।
यसअघि नेपाल–भारत सम्बन्ध चिसिएको भन्दै नेपालमा हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा भारतले सहभागिता नजनाउने समाचार दिल्लीबाट आएको थियो ।
उक्त समाचारको खण्डन गर्दै भारतीय विदेश मन्त्रालयका प्रवक्ता विकास स्वरुपले निमन्त्रण पाइसकेको भन्दै बौद्ध सम्मेलन र बुद्ध जयन्ती समारोह दुबैमा भारतको सहभागिता रहन्छ । को जाने भन्ने टुंगो लागेको छैन् । प्रधानमन्त्री मोदीको तत्काल नेपाल भ्रमण गर्ने कुनै योजना छैन् ।’
सम्मेलनमा चीनबाट भने उच्चस्तरीय सहभागिता हुने विश्वास लिइएको छ ।












प्रतिक्रिया