२५ कार्तिक २०८३, बुधबार

भारतीय राजदूतलाई फिर्ता पठाउन संसदमा आवाज उठ्यो, प्रधानमन्त्रीले के भने ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

ranjit-ray-indian-ambessedar-rajdutकाठमाडौं, ३१ वैशाख । नेपाल विरुद्ध गतिविधि गरिरहेका भारतीय राजदूत रञ्जीत रेलाई फिर्ता पठाउन व्यवस्थापिका संसदमा फेरि आवाज उठेको छ ।

यसअघि भारतले नाकाबन्दी गरेका बेला निकै चलखेल गरेपछि भारतीय राजदूतलाई फिर्ता पठाउन माग गर्ने नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले शुक्रबार फेरि राजदूत फिर्ता पठाउन आवाज उठाएका हुन् ।

‘सरकारले राजदूतलाई फिर्ता पठाउने तयारी गरिरहेको हल्ला सुनिन्छ । केही मन्त्री (कमल थापा)ले फिर्ता पठाउने तयारी लाई हल्ला भनेर खण्डन गरेका छन्,’ सरकारको नीति तथा कार्यक्रमबारे छलफल भइरहेको संसद बैठकमा उनले भने– ‘नेपाल र नेपालीको हितविपरित सक्रिय राजदूतलाई सरकारले कहिले फर्काउँदैछ ? नेपालको हितविपरित भारतसँग भएको अरुणसहितका जलविद्युत योजनाको सम्झौता कहिले तोडिदैछ, जवाफ पाउँ ।’

जवाफ दिन प्रधानमन्त्री उपस्थित संसद बैठकमा सांसद सुवालले भारतले नेपाललाई पाकिस्तानजस्तै गरी दुई भागमा टुक्राउने षडयन्त्र गरिरहेको भन्दै त्यसविरुद्ध सरकार कडा रुपमा प्रस्तुत हुनुपर्ने धारणा राखे ।

प्रधानमन्त्री ओलीले के भने ?
भारतीय राजदूत कहिले फिर्ता पठाइँदैछ भन्ने प्रश्नको जवाफ प्रधानमन्त्री केपी शर्मा ओलीले दिएनन् । उनले नीति तथा कार्यक्रममा सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिँदै दक्षिणी नाकामा गरिएको नाकाबन्दीले देश विकास अवरोध पुगेको मात्रै बताए ।

पछिल्लो समय वर्तमान सरकार ढाल्न भुमिका खेलेको भन्दै राजदूत रेलाई फिर्ता पठाउने वा सचेत गराउने भन्ने विषयमा विज्ञहरुसँग प्रधानमन्त्री ओलीले छलफल गरिरहेका छन् ।