३० आश्विन २०८३, शुक्रबार

प्रथम बुद्धदर्शन महोत्सव शुरु

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kapilbastu– शम्भू माली
कपिलवस्तु, ३१ वैशाख । “कपिलवस्तु जिल्लाको समग्र बिकासको आधार, कृषि, पर्यटन, साँस्कृतिक बिकास र शैक्षिक सुधार” भन्ने मुल नाराका साथ कपिलवस्तुको पकडी गाबिस १ पकडीमा प्रथम बुद्ध दर्शन कृषि तथा संस्कृति पर्यटन महोत्सव २०७३ सुरु भएको छ ।

एक समारोहका बीच कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर २ का सांसद अतहर कमाल मुसलमानले महोत्सवको उदघाटन गरेका हुन् । छत्रपाली तीर्थादेबी उच्च माबि पकडीमा स्नातक तह सञ्चालनका लागि सहयोग जुटाउन आयोजित महात्सवले जिल्लाको कृषि, साँस्कृतिक संरक्षण, पर्यटन बिकास र बिधालयको स्तरोन्नतीमा सहयोग पुगाउने जनाइएको छ ।

महोत्सवमा १ सय ५० स्टल रहनुका साथै डेढ लाख दर्शकले अवलोकन गर्ने र करीब २ करोड बढीको कारोबार हुने अपेक्षा गरिएको जनाइएको छ ।

महोत्सवको आकर्षणको रुपमा लुम्बिनी र कपिलवस्तुका ८–८ बुद्धस्थलको झल्को दिने गरि बुद्धपरिपथ निर्माण, बाल उद्धान, स्थानीय र राष्ट्रिय कलाकारको प्रस्तुति, मौतका कुवा, झुलालगायत रहेको छ ।

महोत्सव वैशाख ३० देखि जेठ १० गतेसम्म सञ्चालनमा रहनेछ । महोत्सव उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथी सांसद अतहर कमाल मुलसमानले शैक्षिक बिकासको मुद्दा लिएर महोत्सव सञ्चालन गर्नु सह्रानीय भएको बताए । उनले महोत्सवले यस क्षेत्र र जिल्लाकै पर्यटकीय बिकास, सांस्कृतिक प्रबर्द्धन र कृषि क्षेत्रको प्रचार प्रसारमा सहयोग पुगाउने बताए ।