२५ कार्तिक २०८३, बुधबार

सीके राउतको अभियानमा महतो सक्रिय, नौ जिल्लाको समिति गठन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Dr CK Rautकाठमाडौं, ३१ वैशाख । तराईलाई नेपालबाट टुक्र्याएर अलग देश बनाउने अभियानमा लागेका सीके राउतले आफ्नो संगठनलाई नारायणभन्दा पश्चिमका जिल्लाहरूमा विस्तार सुरु गरेका छन् ।

स्वतन्त्र मधेस गठबन्धनका नाममा तराईका जिल्लाहरूमा आफ्ना गतिविधि चलाउँदै आएका राउतले आफ्ना सहयोगी एवम् गठबन्धनका सह–संयोजक कैलाश महतोमार्फत संगठन विस्तार गराएका हुन् ।

कपिलवस्तुको अज्ञात स्थानमा सह–संयोजक महतोले बिहीबार चितवनदेखि कञ्चनपुरसम्मका नौँ जिल्लालाई समेटेर कार्यसमिति बनाएका छन् । महतोको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा सबै जिल्लाहरूबाट ३–३ जना रहने गरी २१ सदस्यीय कार्यसमिति बनाइएको छ ।

यो समितिले तराईलाई नेपालबाट टुक्र्याउनका लागि आफ्नो अभियान चलाउने स्रोतको भनाइ छ ।

यही वैशाख २७ गते काठमाडौंमा आएर जनकपुर गएका राउतका गतिविधीलाई राज्यले निगरानी गर्दै आएको छ । राउतका समर्थकले विशेष अदालतमा मुद्दा मामिला पनि खेप्दै आएका छन् ।