– योगेन्द्र योगी
संखुवासभा, ३१ वैशाख । मकालु हिमाल आरोहणका क्रममा बुधबार ज्यान गुमाएका दुई जना भरियाको शव ल्याउन सकिएको छैन । लगातार हिँउ परिरहेकाले हेलिकप्टर मकालु
बेसक्याम्पसम्म अवतरण गर्न सकेको छैन । ‘बिहीबार दिनभरि बाक्लो हिमपात
भएकाले कारण हेलिकप्टर अवतरण हुन नसकेको प्रहरी नायब उपरीक्षक गौतमकुमार
बताए ।
हिँउ सँगै बाक्लो हुस्सु लागेकाले समस्या भएको छ । शव ल्याउनका
लागि हेलिकप्टर तयारी अवस्थामा राखिएको उनले
जानकारी दिए ।
मकालु–५ नुर्पु गाउँका ५१ वर्षीय लाक्पा शेर्पा र सोलुखम्बु जुबिङ–१ का ३५ वर्षीय दावातेन्जी शेर्पाको बुधबार बिहान सुतिरहेको
अवस्थामा मृत्यु भएको उनले बताए ।
थामसेर्कु ट्रेकिङ एजेन्सीबाट मकालु आरोहणका लागि ८ जर्मनी, १ अष्ट्रियाली, १ नेदरल्यान्डका, १ स्विजरल्याण्डका गरी ११ जना टोलीसहित मकालु बेसक्यापको २ नम्बर क्याम्प भन्दा माथि पुगेका थिए ।












प्रतिक्रिया