उर्लाबारी, ३० वैशाख । पहुना टिम भारतको कञ्चनजंगा फुटबल क्लबलाई फराकिलो गोल अन्तरले हराउदै त्रिभुवन आर्मी क्लबले उर्लाबारीमा जारी पाँचौ मदन भण्डारी अन्तराष्ट्रिय आमन्त्रित फुटबल प्रतियोगिताको सेमिफाइनमा प्रवेश गरेको छ ।
गोल्डकपमा पहिलो पटक सहभागिता जनाएको विभागीय टिम त्रिभुवन आर्मीले कञ्चनजंगा फुटबल क्लबलाई चार गोलको विरुद्ध शून्य गोल अन्तरले हराउदै आफूलाई अन्तिम चारमा आफ्नो स्थान पक्का गरेको छ ।
पहिलो हाफको १५औ मिनेटमा आर्मीका टंक बस्नेतको पासमा नवयुगले आफ्नो टिमको तर्फबाट पहिलो गोल गरे । श्रेष्ठले हेड मार्फत गोल गरेका हुन् । श्रेष्ठको गोलबाट दबाबमा परेको कञ्चनजंगा माथि आर्मीले गोल गर्ने अवसर प्राप्त गरेको थियो । आर्मीका स्टारका स्ट्राइकर भरत खवासको १७औ मिनेटमा गोल गर्ने अवसर प्राप्त गरे पनि उनको प्रहारले पोष्ट देख्न सकेन । खवासका लागि २०औ मिनेटमा टंक बस्नेतले गोल गर्ने अर्को अवसर जुराइदिएपनि कञ्चनजंगाका किप्पर नाम्तु मुजुम्दारले विफल पारिदिए ।
कञ्चनजंगाका लागि २५औँ मिनेटमा राज सुब्बाको हेड प्रहार आर्मीका किप्पर सुशिल श्रीवास्तवले विफल पारिदिए । पहिलो हाफको ४० औ मिनेटमा सन्तोष तामाङको फ्रि–किको मद्दत आर्मीका कप्तान भरत खवासले गोल गर्दै आफ्नो टिमलाई दुई गोलको अग्रता दिलाए ।
दास्रो हाफपछि कञ्चनजंगाले आर्मीमाथि कुनै दबाबमा पार्न सकेन । आर्मीका स्टार स्ट्राइकर नवयुग श्रेष्ठ र भरत खवासको पटक–पटकको प्रहार असफल भयो । दास्रो हाफको १९आँे मिनेटमा नवयुगको प्रहार पोलमा ठोक्किएपछि फर्किएको बललाई विमल रानाले सदुपयोग गर्दै टिमको तर्फबाट तेस्रो गोल गरे । दास्रो हाफको ३९ औ मिनेटम नवयुगले अर्को गोल गर्दै टिमलाई ४ गोलको अग्रता दिलाए । दुईजना अफ्रिकन खेलाडी सहित मैदानमा उत्रिएको कञ्चनजंगा प्रतियोगिता अवधिभर दबाबमा रह्यो । प्रतियोगिताको म्यान अफ द म्याच त्रिभुवन आर्मीका कप्तान भरत खवास घोषित भए ।
विजेता आर्मीले आगामी शनिबारको दोस्रो सेमिफाइनल खेलमा विआरसी भुटानसँग प्रतिस्पर्धा गर्नेछ । शुक्रबारको पहिलो समिफाइन खेल आयोजक मदन भण्डारी स्पोट्रोस एकेडेमी र एपिएफ बीच हुने आयोजकले जनाएको छ ।
पाचौ संस्करणको मदन भण्डारी गोल्डपकको विजेताले नगद दुई लाख सहित ट्रफि र मेडल पाउने छ ।
– गोविन्द पोखरेलबाट















प्रतिक्रिया