
काठमाडौंको तिनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको मुख्यालयमा आज बसेको सचिवालयको बैठकले सिंहदरबार घेराउ कार्यक्रमलाई प्रभावकारी बनाउने निर्णयगरेको छ । सद्भावना पार्टीका महासचिव मनीषकुमार सुमनका अनुसार कार्यक्रममा उल्लेख्य नेता तथा कार्यकर्ता ओराल्ने निर्णय भएको छ ।
जेठ १ गते रत्नपार्कस्थित शान्तिबाटिकाबाट प्रदर्शनको तयारी गरेको गठबन्धनले त्यसदिन उल्लेख्य कार्यकर्ता सडकमा उतार्नेछ ।
राजधानीमा आउने कार्यकर्तालाई कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा पनि छलफल भएको महासचिव सुमनले जानकारी दिनुभयो ।
उता, आजै आदिवासी जनजाति राष्ट्रिय आन्दोलनले पनि सिंहदरबार घेराउ कार्यक्रमका विषयमा संघीय गठबन्धनसँग छलफल गरेको छ । गठबन्धनका नेता आङ्काजी शेर्पाका अनुसार सिंहदरबार घेराउ कार्यक्रममा उल्लेख्य सहभागिता गराउने निर्णय भएको छ ।












प्रतिक्रिया