काठमाडौं, ३० वैशाख । नेपाली कांग्रेसका युवा नेता गगन थापाले काठमाडौं तराई द्रुतमार्ग (फास्ट ट्रयाक) परियोजना नेपाल आफैले बनाउनुपर्ने बताएका छन् ।
दैनिक नेपालसँग कुरा गर्दै नेता थापाले नेपालले सम्भव भएसम्म स्वदेशी लगानीबाटै आयोजनाहरु निर्माण गर्नुपर्ने भन्दै फास्ट ट्रयाक बनाउन नेपाल आफै समक्ष रहेकाले भारतलाई दिन नहुने स्पष्ट पारे ।
‘फास्ट ट्रयाक बनाउन नेपाल सक्षम छ । स्वदेशी लगानीमै समयमै निर्माण गर्नुपर्छ । विदेशीलाई दिनहुन्न्,’ उनले भने– ‘सकेसम्म अन्य आयोजनाहरु पनि नेपालले आफ्नै लगानीमा निर्माण गर्नुपर्छ । नभए विदेशी लगानी भित्र्याएर स्वदेशी पुँजी परिचालन गर्नुपर्छ ।’
उनले पार्टीका सभापति शेरबहादुर देउवाले फास्ट ट्रयाकलाई भारतलाई दिनुपर्छ भन्ने कुरामा आफूलाई विश्वास नलागेको भन्दै यो सबै कांग्रेसलाई बदनाम गर्ने षडयन्त्र हो भने ।
मलाई बदनाम गर्न बोल्दै नबोलेको समाचार आयो
अर्काे प्रसंगमा नेता थापाले आफूलाई बदनाम गर्न हुँदै नभएको कार्यक्रममा ‘भारतको विरोध गर्ने नेपाली जनता भेडा हुन्’ भनेर बोलेको समाचार आएको स्पष्ट पारेका छन् ।
‘यो सब मलाई बदनाम गर्ने षडयन्त्र हो । त्यो समाचार आएको दिन म कुनै कार्यक्रममा गएको छैन् । म दिनभरी संसदमा थिए, काल्पनिक कुराको समाचार बनाएर म माथि नियोजित र प्रायोजित आक्रमण गरियो,’ उनले भने ।
अहिले कांग्रेसमाथि नै नियोजित रुपमा आक्रमण भइरहेको भन्दै त्यसमा मलाई पनि सिकार बनाएको उनको भनाई छ ।















प्रतिक्रिया