काठमाडौँ, ३० वैशाख । नेपाल चार्टड एकाउन्टेन्स् (सिए) को आयोजनामा राजधानीमा दोस्रो चार्टड एकाउन्टेन्स मेला हुने भएको छ ।
रिपोर्टर्स क्लब नेपाललमा आज पत्रकार सम्मेलन गरि संस्थाका सहनिर्देशक पुष्पेन्द्र सिंहले लेखा व्यवसायको विकास, प्रर्वद्धन र संरक्षणका लागि आगामी शनिबारदेखि ट्रेड टावर थापाथलीमा दोस्रो चार्टड एकाउन्टेन्स् मेला आयोजना गर्न लागेको जानकारी दिए ।
सिंहले सिए शिक्षा विश्वमा अति नै लोकप्रिय बन्दै गए पनि नेपालमा यसको शिक्षाको विषयमा भ्रम र जानकारीको अभाव रहेकोले सिए शिक्षालाई नेपाली विद्यार्थी, अभिभावक र आम जनतामाझ पु¥याउनका लागि यो मेलाको आयोजना गरीएको बताए ।
उनले भने, “नेपालबाट धेरै विद्यार्थीहरु सिए पढ्न भारत जान्छन् देशको अर्थतन्त्र दिनानुदिन बाहिरीएको छ स्वदेशी लगानी र स्वदेशी शक्तिलाई स्वदेशमा लगाउनका लागि मेलाले सहयोग पुर्याँउछ ।”
सदस्य गणेश जोसीले नेपालमै रहेर विश्वस्तरीय शिक्षा हासिल गर्न सक्ने अवसरको विषयमा नेपाली विद्यार्थी र अभिभावकहरुमा भ्रम रहेकोले त्यसलाई चिर्न एक्स्पोको आयोजना गर्न लागिएको जानकारी दिए ।
सम्मेलनमा चार वर्ष ६ महिनामा सकिने सिएको अध्ययनमा तीन लाख ५० हजार शुल्क लाग्ने जानकारी दिइयो । मेलामा चार्टड एकाउन्टेन्स् सम्बन्धि पाँचवटा सङ्घ संस्थाहरु ले भाग लिनेछन् । जसमा सीआईए, सीसीएमए, सीआईएनए, ईआईएम र चैतन्य सीए रहेका छन । मेला आइतबारसम्म चल्नेछ ।















प्रतिक्रिया