काठमाडौं, ३० वैशाख । विश्व फुटबल दुई हस्ती क्रिस्टियानो रोनाल्डो र लियोनल मेस्सीबीच प्रतिस्पर्धा चलिरहन्छ ।
मेस्सीभन्दा दुई वर्ष जेठा रोनाल्डो अहिले पनि धेरै क्षेत्रमा अगाडि छन् । तर, पछिल्लो समय मेस्सीले पनि आफ्नो रफ्तारलाई अगाडि बढाउँदै रानाल्डोलाई पछ्याईरहेका छन् ।
दुबै स्टार अलग अलग क्लबमा छन् । रोनाल्डो रियल मड्रिडबाट खेल्छन् भने मेस्सी बार्सिलोनाबाट खेल्छन् । अधिकांश खेलहरुमा दुबै टिम फाइनलमा पुग्ने र उपाधिका लागि भिड्ने गर्छन् ।
यसैक्रममा बुधबार राति सार्वजनिक एक रिपोर्टमा रोनाल्डोले कमाउने मामिलामा मेस्सीलाई उछिनेका छन् । यसका साथै रोनाल्डो सबैभन्दा बढी कमाउने फुटबलर समेत बनेका छन् ।
अमेरिकी पत्रिका फोर्ब्सद्धारा सार्वजनिक गरिएको विश्वका धेरै कमाउने फुटबलरको सूचीमा मेस्सीलाई उछिन्दै रोनाल्डो शीर्ष स्थानमा परेका हुन् ।
रिपोर्टअनुसार रोनाल्डोको कमाई ८२ मिलियन डलर छ । जसमा ५३.५ मिलियन डलर तलब र अन्य बोनसबाट आर्जन हुने गरेको छ ।
यसैगरी सबैभन्दा बढी कमाउने फुटबलरको सूचीमा मेस्सी दोस्रो स्थानमा छन् । मेस्सीको कमाई ७७ मिलियन डलर छ । जसमध्ये ५०.५ मिलियन डलर तलब र अन्य बोनसमा कमाउँछन् ।















प्रतिक्रिया