मुम्बई, ३० वैशाख । इण्डियन प्रिमियर लिग आइपिएलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई हराउँदै मुम्बई इन्डियन्स अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ ।
गएराति भएको खेलमा मुम्बई इण्डियन्सले रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले हराएको हो ।
पहिले ब्याटिङ गरी बैंग्लोरले दिएको १५२ रनको लक्ष्य मुम्बईले ८ बल बाँकी छँदै ४ विकेटको क्षतिमा भेट्टायो ।
मुम्बइका लागि अम्बती रायडुले ४४ रन बनाए भने किरण पोलार्डले नट आउट ३५ रनको योगदान दिए । यस्तै जोस बट्लरले २९ रन बनाए ।
यसअघि व्याटिङ गरेको बैंग्लोरले निर्धारित २० ओभर खेलमा ४ विकेट गुमाएर १५१ रन बनाएको थियो । उसका लागि लोकेश राहुलले सर्वाधिक ६८ रनको योगदान दिए ।
कप्तान विराट कोहली ७, क्रिस गेल ५ रन तथा एबीडि भिल्लियर्स २४ रनमा नै आउट भएपछि लोकेश राहुलले पारी सम्हालेका थिए ।
जारी लिगमा बैंग्लोरले अहिलेसम्म १० खेल खेलेकोमा ४ मा जित निकालेको छ ।
बैंग्लोर ८ अंक सहित तालिकाको छैठौँ स्थानमा छ । यस्तै ११ खेल खेल खेलेको मुम्बई ६ मा जितसहित १२ अंकका साथ अंक तालिकाको चौथो स्थानमा छ । – एजेन्सी















प्रतिक्रिया