८ कार्तिक २०८३, आइतबार

हिमानी रिसाएपछि पारसले बाहिर-बाहिर यस्तोसम्म गर्छन्

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Paras-n-Himaniकाठमाडौं, ३० वैशाख । पारिवारिक कलहले लामो समयदेखि छुट्टिएर बसेका पूर्वयुवराज पारस शाह र पूर्वयुवराज्ञी हिमानी गएको चैत २० गते एउटा विवाह भोजमा सँगै देखिएका थिए ।

सपरिवार भोजमा देखिएका उनीहरु एकै ठाउँमा बसोबास भने हुन सकेको छैन । पारसकी फुपू शोभा शाहीको छोरा हिमबानको विवाह समारोहमा बाबु ज्ञानेन्द्र, मुमा कोमल, पत्नी हिमानी र छोराछोरीँगैको फोटो सार्वजनिक गरिएको थियो ।

त्यसैगरी नयाँ वर्ष २०७३ को शुभकामना दिने क्रममा पारिवारको फोटोहितकोकार्ड बाँडिएको थियो । तर करिब १३ मिहनाअघि थाइल्याण्डबाट नेपाल आएका पारस र हिमानीबीच अहिलेसम्म सँगै बसोबास नहुनमा धेरैले अचम्म मानेका छन् ।

पूर्वयुवराज पारस अहिले सुनकोठीसिथ्त आलिसान महलमा बसोबास गर्न थालेका छन् । फुपू शोभा शाहीका छोरा अवकास प्राप्त प्रमुख सेनाली विकास शाहीको घरमा धीरेन्द्रकी माहिली पुत्री शिताष्मासँग बस्न थालेका पारस अहिले अधिकांश समय पढ्न र खेल्न व्यस्त देखिएका छन् ।

उनी प्राय जसो आइतबार मंगलबार र बुधबार नारायाहिटी परिसारमा रहेको रत्न मञ्जिलमा बस्ने आएकी हजुरआमा रत्नलाई भेट्न जाने गरेका छन् –परिवारका एक सदस्यले भने । नेपाल समाचारपत्रमा समाचार छ ।