काठमाडौं, ३० वैशाख । काठमाडौं उपत्यकाभित्र गैरकानुन तरिकाले हुण्डीको कारोबार गर्ने १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यकाभित्र गैरकानुनी तवरले ठूलो मात्रामा यू.के., अष्ट्रेलिया, चाइना, भारत, दुवई र थाईल्याण्ड लगायत विभिन्न देशहरूमा हुण्डीको कारोवार भइरहेको गोप्य सूचनाको आधारमा प्रहरीले छ स्थानमा छापामारी १५ जनालाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले छापामारेका स्थानबाट १ करोड ७३ लाख ३९ हजार ६ सय ५० रुपियाँ, १ लाख भारुसमेत गरी १ करोड ७४ लाख ९९ हजार ६ सय ५० रुपियाँ बरामद गरिएको छ ।
पक्राउ पर्नेमा कमलपोखरीस्थित निकीदिभा ट्रेडर्सका सञ्चालक सुरेन्द्र गोयल, भारतीय नागरिक सत्यप्रकाश शर्मा, आकाश बेद, स्याङजा घर भइ न्यूरोडमा प्रभु मनी ट्रन्सफरका सञ्चालक डिल बहादुर कुँवर, भारतीय नागरिक शंकरलाल चनानी (अग्रवाल), नुवाकोट घर भइ एञ्जल्सका निरञ्जन ढकाल, बर्दियाका डिल्ली बस्नेत, तनहुँका अर्जुन कंडेल, गोरखाका राजकुमार श्रेष्ठ रहेका छन् ।
त्यसैगरी, दोलखाका फुर्वा शेर्पा, भारतीय नागरिक अरुण सावरथिया (अग्रवाल), ओखलढुङ घर भइ सीतापाइलामा पूर्ण लक्ष्मी ईन्टरप्राइजेजका सञ्चालक उदयकुमार शर्मा, नुवाकोट घर भइ चावहिलमा न्यू मारुती ईन्टरनेश्नलका क्यारियर कृष्णप्रसाद खतिवडा, गोरखाका समिर श्रेष्ठ र रसुवा घर भइ बालाजुमा हम्स मनी ट्रन्सफरमा कार्यरत नवीन भट्टलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया